अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सपथ ग्रहण गर्दै
Mayorsap
सोम, माघ ७, २०८१ | ०७:०२ बजे

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्। सपथ ग्रहण समारोह क्यापिटल रोटुण्डाको बन्द ठाउँमा हुने बताइएको छ । सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार ९जनवरी २०० मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो ।
उद्घाटन परेड पनि लगभग १।६ किलोमिटर टाढा वासिङ्टन क्यापिटल वन एरेनामा हुनेछ। पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजना गरिएको थियो।
ट्रम्पले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन । साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् ।