मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

चन्द्रबहादुर गुरुङ

रामगोपाल नगरपालिका

मधुवन नगरपालिका

सूर्योदय नगरपालिका

लालबन्दी नगरपालिका

खाली गाग्री बोकेर मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आइपुगे हर्क साम्पाङ

Mayorsap

सोम, माघ ७, २०८१ | २०:०२ बजे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीको व्यवस्था गर्न माग गर्दै खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका हुन् । उनी रित्तो गाग्रीसहित मंगलबार मन्त्री र प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जाँदैछन् । 

 

संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । धरानमा पानीको चर्को अभाव भएकाले सप्तकोशीको पानी ल्याउने भनिए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको छ ।

 

उनले तत्कालका लागि अहिले कोकाहा खोलाको पानी ल्याएका छन् । चुनावका बेला धरानमा खानेपानीको व्यवस्था गर्ने उनको पहिलो शर्त थियो । यसका लागि विभिन्न प्रयासहरु गर्दै पनि आएका छन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology