मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

क्व्होलासोथार गाउँपालिका

गौरीगङ्गा नगरपालिका

भेरी नगरपालिका

अतिक्रमन

स्वास्थ्य

विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल

Mayorsap

मंगल, माघ ८, २०८१ | १६:३९ बजे

काठमाडौँ । अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको समय नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठकअघि अखिल क्रान्तिकारीका भावी अध्यक्षका दाबेदारहरूसँग छलफल गरेका छन् । क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि अनलाइनमार्फत मंगलबारदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।


माघ १२ गते हुने निर्वाचनका लागि सहमतिबाट नै अध्यक्ष लगायत पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप पार्टी अध्यक्षले बोलाएको बताएका छन् ।


‘पदाधिकारी बैठकअघि अध्यक्ष प्रचण्डले बोलाउनुभएको थियो । सहमतिबाट नेतृत्व चयन हुने सम्भावना के छ भनेर भन्नुभयो । मैले आफ्नो कुरा राखेर आएँ । सहमति भए ममा केन्द्रित भएर होस् नभए निर्वाचन प्रक्रियामा जाने भनेर आएको छु । मेरो प्रस्तावप्रति उहाँ सकारात्मक हुनुभएको छ । पदाधिकारी बैठकमा छलफल गर्छौं भन्नुभएको छ’, अध्यक्षका प्रत्यासी एक नेताले भने नेताले भने ।


अध्यक्षका प्रत्याशीसँग कुराकानी गरेपछि अहिले प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको छ ।  अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, हेमन्त राई, सुदिन पौडेल र विश्वमणि थापा लगायत आकांक्षी छन् । 

 

यता निवर्तमान उपाध्यक्ष पवन कार्की समूहका उपदेश यादव र सञ्जीव फुँयालले पनि अध्यक्षमा दाबी गरेका छन् । सहमतिबाट नेतृत्व छनोटका लागि ३२ वर्ष उमेर हदबाट बाहिरिएका नेताहरूलाई समेत प्रचण्डले खुमलटार बोलाएका छन् ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology