मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

देउमाइ नगरपालिका

क्व्होलासोथार गाउँपालिका

सुत्केरी महिला

महाङ्काल गाउँपालिका

छात्रावृत्ति

चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भिडियो वार्ता

Mayorsap

मंगल, माघ ८, २०८१ | १९:५६ बजे

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ । सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको’ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ । प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्नेबारे तत्काल विवरण दिएको छैन ।

 

चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ, तर बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् ।


दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनेका छन् भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गरेका छन् । गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’ लाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको सीसीटीभीले जनाएको छ ।

 

‘एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुट निरपेक्षता, गैरद्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्’, प्रसारकले सीलाई उद्धृत गरेको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology