मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

गैंडाकोट नगरपालिका

श्री राष्ट्रिय माध्यमिक विद्यालय

राहत

केपी ओली

खोटेहाङ गाउँपालिका

कृष्णपुर नगरपालिकाले ल्यायो निःशुल्क शव चिस्यान सेवा, ५ दिनसम्म सुरक्षित राख्न सकिने

Mayorsap

बुध, माघ ९, २०८१ | ०९:२७ बजे

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।

 

नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा भएका व्यक्तिका आफन्तको मृत्यु भएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार–पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ । यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने नगरप्रमुख हेमराज ओझाले बताए ।

 

“नगर क्षेत्रभित्र माग भएका ठाउँमा यन्त्र घरसम्म पुर्याउने र घरबाट नगरपालिका कार्यालयसम्म ल्याउन कर्मचारीलाई खटाउँछौँ”, नगरप्रमुख ओझोले भने, यन्त्र प्रयोग गरेवापत र ल्याउँदा लैजाँदा कुनै शुल्क लिदैनौँ, सेवा पूर्ण रूपमा निःशुल्क हुन्छ ।”
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology