मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

गोरखा नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

कानेपोखरी गाउँपालिका

टेम्केमैयुङ गाउँपालिका

बराहक्षेत्र नगरपालिका

त्रियुगा नगरपालिकाले विपन्न परिवारको आवासका लागि ८० घर निर्माण गर्दै

Mayorsap

बुध, माघ ९, २०८१ | १३:४४ बजे

उदयपुर । त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।


त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।


नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करीब एक भवन बराबर रु. पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।


नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिजसँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ ।


नगपालिकाभित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology