मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

शिक्षक

श्री राष्ट्रिय माध्यमिक विद्यालय

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

फिदिम नगरपालिका

गोलबजार नगरपालिका

आगामी शनिबार हुने ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

Mayorsap

बुध, माघ ९, २०८१ | १९:०५ बजे

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।


यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही रु. एक लाख ५० हजार प्राप्त गर्नेछन् ।


त्यसैगरी दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु. ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले रु. १० हजार पाउनेछ ।


प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाैँ हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु. २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले रु. दुई हजार पाँच सय पाउनेछन् ।
    

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछ भने दोस्रो हुने खेलाडीले रु. २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु. १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाउनेछ । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनअन्तर्गत महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology