मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

छेडागाड नगरपालिका

सामुदायिक विद्यालय

गरिबसँग विश्वेश्वर कार्यक्रम

विनयी त्रिवेणी गाउँपालिका

सूर्योदय नगरपालिका

जथाभावी चाैपाय छाेड्दै हुनुहुन्छ ? सिद्धार्थनगर पालिकाले तिराउला जरिवाना !

Mayorsap

बिही, माघ १०, २०८१ | १८:४८ बजे

रुपन्देही । पशु चाैपायलाई जथाभावी सडकमा छाड्दा बेला बेला दुर्घटना हुने गरेका घटना हामीले सुन्दै आएका छाैं । तर अब स्थानीय सरकारहरूले यस्ता गतिविधिलाई नियन्त्रणमा राख्ने भएकाे छ ।   जथाभाबी चौपाया छाडा छाड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरू गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन गर्न नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा ७ हजार रुपैयाँ जरिवाना तिराउने भएकाे छ ।

 

नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गएकाे हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत अहिलेसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले जानकारी दिए ।

 

‘छाडा चौपाया आफ्नो भनी दाबी गर्न आउनुभएका दुई जनालाई ७ हजार रुपैयाँका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छाैँ’, यादवले भने, ‘छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने शर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।’


गएकाे वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ ।

 

छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तिायक अहमद खानले बताए ।

 

गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology