मेयरसाप

काठमाडौं महानगरपालिका

बजेट

रोजगारी

केपी ओली

त्रिवेणी गाउँपालिका

दशरथचन्द नगरपालिका

रामनगर गाउँपालिका

सूर्योदय नगरपालिका

रावा बेसी गाउँपालिका

अछाममा स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई

Mayorsap

बिही, माघ १०, २०८१ | २१:२७ बजे

कालिकोट । स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर विद्युत्को लाइन तान्ने हो भने आफूहरुलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गर्दा कालिकोट, जुम्ला र मुगुमा विस्तार गर्न लागिएको विद्युत् विस्तारमा ढिलाई भएको छ ।

 

आफ्नो घर खेत हुँदै विद्युत्को लाइन जाँदा आफूहरुले पनि बिजुली बाल्न पाउनुपर्ने अछाम पञ्चदेवल नगरापालिका–४ टोट्केसालका स्थानीय जनकबहादुर शाहीले बताए । “हाम्रो गाउँबाट विद्युतको लाइन विस्तार हुँदा गाउँलेले सेवा पाउनुपर्ने हाम्रो माग रहेको छ”, उनले भने, “हामीले अवरोध गर्नेभन्दा हाम्रो माग पूरा गर्नुहोस् प्रसारण लाइन विस्तार गर्नुहोस भनेका हौँ ।”

 

स्थानीयले अवरोध गरेपछि प्रसारण लाइन विस्तारमा समस्या भएको विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले बताए । “कमलबजारबाट साइखोलासम्मको नौ किमिमध्ये कर्णाली नदीपारीबाट करिब एक सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा स्थानीयले अवरोध गर्नुभएको छ”, उनले भने ।

 

उनले कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालिकोट, जुम्ला र मुगुका लागि अछामबाट विद्युत् आयात गर्न खोजिएको बताए ।

 

कर्णालीका तीन जिल्लामा भोल्टेजको समस्या भएकाले गत असार १२ मा कालिकोट वितरण केन्द्रले कमलबजार–साइखोला नौ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी रु एक करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology