‘मास्टर साहेब सिकाइदेऊ पिरती’ गीतमा चुम्माचाट भाइरल भिडियोको यस्तो छ वास्तविकता !
Mayorsap
बिही, माघ १०, २०८१ | २२:१० बजे
काठमाडौं । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक अधवैंशे जोडीको आपत्तिजनक’ सीसीटीभी भिडियोलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । भिडिओको ब्याकग्राउन्डमा नेपाली गीत ‘मास्टर साहेब सिकाइदेऊ पिरती’ बोलको गीत बज्छ भने स्ट्याटसमा पनि मास्टर साहेब सिकाइदेउ पिरती लेखिएका छन् । त्यहीकारण भिडिओमा कार्यालयभित्र चुम्बन गरिरहेको व्यक्तिहरू नेपालकै शिक्षक भएको सबैको अनुमान छ ।
यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ भने कतिपयले गीतलाई सुहाउँदो भिडिओ आएको भन्दै व्यङ्ग्य पनि गरिरहेका छन् । वास्तवमा यो भिडिओ नेपालको नभएर भारतको रहेको खुलेको छ । यस सीसीटीभी भिडिओ राजस्थानको चित्तोडगढस्थित गंगरार क्षेत्रको एक सरकारी विद्यालयको हो । भाइरल भिडिओमा देखिएका पुरुष विद्यालयका प्रधानाध्यापक हुन् भने महिला शिक्षिका रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।