Ad Image

अबदेखि मृत्यु दर्ता गर्न वडा कार्यालय धाउनु नपर्ने, घरघरमा पुगेर प्रमाणपत्र दिइँदै

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1737792043.png

१२ माघ, गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

 

“वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरू थालेको हो,” उनले भने, “अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।”

 

वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । “वडाले पहिलो पटक कार्यालयले बुङ्कोटस्थित गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई हिजो घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो,” उनले भने, “अबदेखि नियमित रूपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौँ ।”