मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

सुनिता डंगोल

हरिपुर्वा नगरपालिका

त्रिवेणी गाउँपालिका

मालिकार्जुन गाउँपालिका

त्रिशूली

वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा

Mayorsap

शनि, माघ १२, २०८१ | २१:५७ बजे

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण सेवा सुरु गरेको छ । राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या  दिनानुदिन अत्यधिक बढ्दै गएकाले उक्त काउन्टर स्थापना गरिएको जनाइएको छ । 

 

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको प्रवेशाज्ञाको अवधि समाप्त भइसकेका, राहदानी हराएका र राहदानीको म्याद सकिन लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएकालाई उक्त सेवाले राहत दिएको जनाइएको छ । 

 

नेपाली नागरिकका लागि विशेष प्राथमिकता दिई सञ्चालन गरिएको आजको शिविरमा पाँच सय ४८ जनाको राहदानी नवीकरण गरेको छ । राहदानी नवीकरणका लागि विशेष काउन्टहरु सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएईले स्वयंसेवक उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको जनाइएको छ । 

 

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि सार्वजनिक बिदाका दिनहरुमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविरहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि नेपाली नागरिकको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology