'मेक्सिको खाडी'को नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’

१३ माघ, वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक्सिकोको खाडी’ नाम परिवर्तन गरेर ‘अमेरिकन खाडी’ बनाउने पुर्ववत घोषणामा लालमोहर लगाएका छन । योसँगै अब ‘मेक्सिकोको खाडी’को नाम ‘गल्फ अफ अमेरिका’ भनेर चिनिनेछ। ट्रम्प प्रशासनले शनिबार यसलाई अनुमोदन गरेको हो। ट्रम्प प्रशासनको आन्तरिक विभागका अनुसार अब आधिकारिक रूपमा मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ रहने भएको छ ।
यसैगरी अलास्काको माउन्ट डेनालीको नाम पनि परिवर्तन गरे ‘माउन्ट म्याककिन्ले’ राखिएको छ । ट्रम्पले सोमबार पदभार ग्रहण गर्ने बित्तिकै कार्यकारी कदम चालिरहेका छन् र नाम परिवर्तन गर्न आदेशमा अहिले धमाधम लालमोहर लगाइरहेका छन ।
ट्रम्पको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको निर्देशनअनुसार अब मेक्सिकोको खाडीलाई आधिकारिक रूपमा ‘अमेरिकाको खाडी’ भनेर चिनिनेछ । उत्तर अमेरिकाको सबैभन्दा अग्लो चुचुरोलाई फेरि एकपटक ‘माउन्ट म्याकिन्ले’ नाम दिइनेछ। अलास्काको सर्वोच्च शिखरलाई अमेरिकाका पूर्व राष्ट्रपति विलियम म्याककिन्लेको सम्मानमा माउन्ट म्याककिन्ले भनिएको थियो, तर राज्यको अनुरोधमा १९७५ मा नाम परिवर्तन गरी डेनाली राखिएको थियो। यसको अर्थ स्वदेशी भाषा ‘कोयुकोन’ मा ‘लामो’ हो ।
साथै, यो पनि भनिएको छ कि ट्रम्पले अमेरिकी भूगर्भ सर्वेक्षणलाई मेक्सिकोको खाडीको नाम परिवर्तन गर्न थप आदेश दिन सक्छन्, ताकि यसलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता मिलोस्। यो सयौं वर्षको लागि समुद्री नेभिगेसन सन्दर्भको रूपमा प्रयोग गरिदै आएको स्थल हो ।