मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

घोराही उपमहानगरपालिका

सामुदायिक विद्यालय

निस्दी गाउँपालिका

रवि लामिछाने

तीनपाटन गाउँपालिका

१ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने

Mayorsap

आइत, माघ १३, २०८१ | २१:३२ बजे

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एक करोड धरौटी बुझाएर रिहा भएका छन् । उनले रुपन्देही जिल्ला अदालतमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएका हुन् ।

 

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको थियो। सोही अनुसार, उनी आइतबार बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।  

 

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । यसअघि, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology