मेयरसाप

शिक्षा

शिक्षक

कृषि अनुदान

बालमैत्री

रवि लामिछाने

मङ्गलसेन नगरपालिका

वडा अध्यक्ष

गैंडाकोट नगरपालिका

सुत्केरी महिला

महादेवा गाउँपालिका

काठमाडौं महानगरले व्यवसाय गर्न नदिएको भन्दै देउवासँग समक्ष कवाड व्यवसायीको गुनासो

Mayorsap

सोम, माघ १४, २०८१ | १६:४१ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय गर्न नदिएको र धरपकड गरेको भन्दै कवाड व्यवसायी समाज, नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । आज (सोमबार) कांग्रेस सर्लाही जिल्लाका कार्यवाहक सभापती डा.सरोज कुमारको नेतृत्वमा कवडा व्यवसायीहरुले देउवालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकार्षण गराएका हुन् ।


कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ता, ओम प्रकाश सिंह, सुरेश साह, विजय गुप्ता कृष्ण यादवसहितका व्यवसायीहरु आज विहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । 

 

महानगरले कवाड व्यवसाय गरिरहेको स्थानमा तोडफोड गरेको, समान जफत गरेको, व्यवसायीलाई कुटपीट, गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उनीहरुले देउवाको ध्यानाकार्षण गराए ।


उनीहरुले कवाड व्यवसायीमाथी भईरहेका अराजक गतिविधि रोक लगाउन माग गरेका छन् । उनीहरुले जिउ, धनको सुरक्षाको मागसमेत गरेका छन् ।

 

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology