मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

बटेश्वर गाउँपालिका

गोपाल हमाल

गोरखा नगरपालिका

त्रिशूली

मालिका गाउँपालिका

सभामुखसँग रवि लामिछानेले आफूमाथिको निलम्बन फुकुवा गर्न गरे माग

Mayorsap

शुक्र, माघ १८, २०८१ | १३:०३ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवमं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् ।


पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । लामिछानेले आफू थुनामा नरहेको र सम्पत्ती सुद्धिकरण सम्बद्ध कानुनमा रहेको प्रावधानले सदनको कार्य सञ्चालन एवं सदनको काम–कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अवरोध हुन नसक्ने भएकाले आफूमाथि भएको निलम्बन फुकुवा गर्न लामिछानेले निवेदन दिएको रास्वपाका एक नेताले बताए ।


लामिछानेले प्रतिनिधि सभा नियमाली २०७९ को दफा २२८ को उपदफा (३ं) बमोजिम आफू थुनामा नरहेका कारण सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारवाहीमा भाग लिन कुनै अवरोध नहुने बताउँदै सभामुखलाई निवेदन दिएका हुन् ।


कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि  लामिछानेलाई संसद सचिवालयले पुस ८ गते निलम्बन गरेको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology