मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

दुल्लु नगरपालिका

नाम्खा गाउँपालिका

घोराही उपमहानगरपालिका

चिरिबाबु महर्जन

राप्तीसोनारी गाउँपालिका

पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग

Mayorsap

शुक्र, माघ १८, २०८१ | १९:२६ बजे

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले संविधान र कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी पत्रकारिता गर्न पाउने उपयुक्त वातावरण राज्यले निर्माण गर्नुपर्ने माग गरेको छ ।

 

सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा महासङ्घले गठन गरेको ‘मिडिया मिसन’ ले तयार पारेको प्रतिवेदन आज सार्वजनिक गर्दै पत्रकार दाहाललगायतका धरानका पत्रकारमाथि हुने धाकधम्की र आक्रमणका कारण विस्थापित हुनेसम्मको अवस्था आएको जनाएको छ ।

 

प्रतिवेदनमा भनिएको छ, “यसले दीर्घकालमा समाजलाई नै अहित गर्ने भएकाले नागरिकस्तरमा पत्रकारको सुरक्षा, पत्रकारिताको महत्व र सूचनाको अधिकार विषयमा सार्वजनिक रूपमा बहस गर्न आवश्यक छ ।”

 

महासङ्घले सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुखबाटै सामाजिक सञ्जालमार्फत आतङ्क सिर्जना गर्ने र प्रमुखका समर्थकले पीडित र परिवारलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा लेख्ने, भिडियो बनाउने, व्यक्तिगत मोबाइल नम्बर, म्यासेन्जरमा धम्कीपूर्ण भाषा प्रयोग गरेर निरन्तर गाली गरिरहेकाले उक्त कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ । 
 

“स्थानीय सरकार प्रमुखले नेपालको संविधानमा भएका व्यवस्था नमान्ने, आफूलाई कानुनमाथि राखेर कानुन विपरीत कार्य गर्नु वाञ्छनीय होइन, आफ्नो लागि आफैँ कानुन बनाउने अभिव्यक्ति दिने गरेका नगरप्रमुखमा नेपालको प्रचलित कानुन र त्यसको अभ्यासका बारेमा जानकारी अभाव वा दम्भ देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

पत्रकारले आफू सुरक्षित रहेको महसुस गरेको अवस्थामा मात्र निर्भिक भएर पत्रकारिता गर्ने वा विकृति विरुद्ध कलम चलाउने वातावरण बन्ने महासङ्घले जनाएको छ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology