मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

मधुवन नगरपालिका

बुद्धजन्मस्थल

वीरगञ्ज महानगरपालिका

कालीगण्डकी गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा

Mayorsap

शुक्र, माघ १८, २०८१ | २२:०३ बजे

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले यसवर्ष एक हजार ५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नागरिकलाई स्वास्थ्य बिमामार्फत उपचार पुर्‍याउने उद्देश्यले पलिकाका दलित, विपन्न, जनजाती, अपाङ्गता तथा एकल महिलाको निःशुल्क बिमा गरिएको हो । गाउँपालिकाले तीन वर्षदेखि दुई सयलाई स्वास्थ्य बिमा गराउँदै आएकामा यस वर्षदेखि आठ सय परिवार थप गरी पालिकाभित्रका सबै दलित, विपन्न, अपाङ्गता र एकल महिलालाई निःशुल्क बिमामा आबद्ध गराएको गाउँपालिका कार्यालयले जनाएको छ ।

 

तीन वर्षदेखि रु सात लाख बजेट छुट्याएर आठ वटा वडाका दुई सय परिवारको निःशुल्क बिमा गर्दै आएको पालिकाले यसवर्ष बजेट थप गरी रु ३७ लाख पुर्‍याएको छ । पालिकाका सबै दलित समुदायको स्वास्थ्य बिमा गर्न रु २० लाख, जनजाती, अपाङ्गता र एकल महिलाका लागि रु १० लाख बजेट विनियोजन भएको सूचना अधिकारी मनोज कार्कीले जानकारी दिए ।

 

उनका अनुसार पाँच सय ६० दलित परिवार, दुई सय विपन्न परिवार, एक सय ४२ एकल महिला र ‘ग’ वर्गका अपाङ्गतासहित एक सय ५० विपन्न जनजातीका परिवार बिमाबाट लाभान्वित भएका छन् । यस वर्षदेखि ‘अध्यक्षसँग दलित नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गरी निःशुल्क बिमा गरिएको कार्कीको भनाइ छ । “तीन वर्षदेखि दुई सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै आएका थियौँ, स्वास्थ्यको निःशुल्क पहुँचले विपन्न परिवारलाई राहत भएको पायौँ । यसवर्षदेखि बजेट थप गरेर अभियानका रूपमा कार्यक्रमलाई अघि बढाएका छौँ । वडाका सबै विपन्न, दलित, जनजाती, एकल महिला, अपाङ्गता भएकालाई बिमामा समावेश गरेका हौँ”, उनले भने ।

 

कार्कीले पालिकाले निःशुल्क स्वास्थ्य अवधारणलाई आमनागरिकसम्म पुर्‍याउने लक्ष्यका साथ लक्षित वर्गको निःशुल्क स्वास्थ्य बिमा गरिएको उल्लेख गरे । उनका अनुसार एकल महिला र अपाङ्गता भएको हकमा पाँच जनासम्मको स्वास्थ्य बिमा हुनेछ । सङ्घीय सरकारले वृद्ध, ‘क’ र ‘ख’ वर्गका अपाङ्गको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएकाले ‘ग’ वर्गका अपाङ्गलाई परिचयपत्रका आधारमा उक्त कार्यक्रममा आबद्ध गरिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । एक हजार परिवारलाई निःशुल्क स्वास्थ्यको पहुँचमा पुर्‍याउनु उल्लेख्य उपलब्धि रहेको उनको भनाइ छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology