मेयरसाप

सम्पादकीय

महाशिवरात्री

दुध र दुग्धजन्य पदार्थ

मालिका गाउँपालिका

गोपाल हमाल

जलजला गाउँपालिका

पिपरा गाउँपालिका

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

चोरी एवं अपराधिक घटना बढ्दै गए पछी, प्रहरी पोष्ट स्थापना गर्न स्थानीय बासिन्दाको माग

Mayorsap

बिही, पौष ४, २०८१ | १२:२० बजे

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ । वडा नं ६,७ र ८  लाई समेट्ने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् ।

 

शुक्लाफाँटा –७ का वडा सदस्य केशव ठगुन्नाले चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी रहेकाे बताएका छन् । उन्ले भने, “चार भन्दा बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो ।” पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ ।

 

शुक्लाफाँटा –१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नं १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नं १ र १२ को बीचमा  पर्ने गरी राख्नुपर्ने सुझाव दिए । स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै वडा नं ७ र ८ का बीचमा प्रहरीचौकी राख्ने बारे नगरकार्यपालिकाबाट निर्णय गरी जिल्ला सुरक्षा समितिमा पठाइएको नगर प्रमुख रणबहादुर महराले बताएका छन्।

 

“प्रहरीचौकीको त्यस ठाउँमा निकै आवश्यक छ”, उनले  भने, टाढाको क्षेत्र भएकाले प्रहरी पुग्न निकै समय लाग्छ, त्यस बेलासम्म अपराध गर्नेहरु फरार हुन्छन, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीचौकीको अत्यन्त खाँचो छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताए । उनले वडा नं १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताए। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology