नेपाल गणित समाजको सभापतिमा डा. श्रीराम खड्का भारी मतले विजयी
Mayorsap
आइत, माघ २०, २०८१ | ०७:५२ बजे
काठमाडौं । नेपाल गणित समाजको केन्द्रीय सभापतिमा सहप्राध्यापक डा. श्रीराम खड्का विजयी भएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालयमा सम्पन्न भएको निर्वाचनमा ३४७ मत ल्याएर खड्का विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डा. जिवन काफ्लेले १८३ मत मात्र पाएका छन् ।
यसैगरीे उप–सभापतिमा डा. परमेश्वरी कट्टेल विजयी भएका छन् । उनले ४०७ मत पाउँदा उनका प्रतिस्पर्धी डा. अजयकुमार चौधरीले ११ मत ल्याएका छन् । सचिवमा डा. रमेश गौतमले ३७२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी टेकबहादुर बुढाथोकीले १५३ मत ल्याएका छन् ।
त्यसैगरी सह–सचिवमा डा. नवराज अधिकारी विजयी भएका छन् । उनले ३०६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विष्णुप्रसाद भण्डारीले २१८ मत ल्याएका छन् । सदस्यहरुमा डा. शर्मिला श्रेष्ठ, विश्वेश्रप्रसाद भट्ट, पुष्पनिधि गौतम, सुशिल खड्का, गुनाखर पोखरेल र डा. खरीका देवी पराजुली विजयी भएका छन् । कोषाध्यक्षमा भने डा. सरस्वती आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।