मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

पोखरा महानगरपालिका

तिला गाउँपालिका

पार्किङ

राप्ती गाउँपालिका

राजविराज नगरपालिका

अरुणिमाको पनि पतिसँग सम्बन्ध बिग्रिएको आशङ्का, सामाजिक सञ्जालबाट एकाएक गाएब भए श्रीमानसँगका तस्बिर

Mayorsap

आइत, माघ २०, २०८१ | १३:०७ बजे

काठमाडौँ । पछिल्लो समय एकपछि अर्को सेलिब्रेटी वैवाहिक जीवन धरापका रहेको चर्चा चल्न थालेको छ । गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पति बिष्णु सापकोटासँग डिबोर्स मागेको प्रसङ्ग सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ ।


गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमानसँग सम्बन्ध राम्रो नभएको संकेत गरेकी छन् । पछिल्लो समय अमेरिका बस्दै आएकी उनले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो ।


अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर/भिडियोहरु अहिले देखिँदैनन् ।


इन्स्टाग्राममा पनि दुबैले एक अर्कोलाई फलो गरेको देखिन्न् । विवाह गरेलगतै एक टेलिभिजन शोमा अन्तरवार्ता दिँदै युवराजले आफु अमेरिका नै गएर पत्नीसँगै बस्ने बताएका थिए । तर, अहिलेसम्म उनी नेपालमै छन् ।


अरुणिमाले पहिलो विवाह टुटेपछि युवराजको विवाह गरेकी थिइन् । अरुणिमा नेपाल घुम्न आएका बेला आफन्त मार्फत भेट हुँदा एक अर्कोलाई मन पराएका थिए । विवाह गरेको केही दिनमै अरुणिमा अमेरिका उडेकी थिइन् ।


यता युवराजको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology