मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

नलगाड नगरपालिका

डाक्नेश्वरी नगरपालिका

गर्मी

धवलागिरि गाउँपालिका

टुकुचा खोला

सहकारी ठगीको आरोपमा पक्राउ परेका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

Mayorsap

आइत, माघ २०, २०८१ | १९:०५ बजे

काठमाडौं । सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ । जिल्ला अदालत म्याग्दीले थापाविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीले जानकारी दिएको छ ।

 

म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा आइतबार प्रमुख थापासहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा रहेका छन् । 

 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology