मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

तिलागुफा नगरपालिका

भरतपुर महानगरपालिका

राप्ती गाउँपालिका

तातोपानी गाउँपालिका

पोखरा महानगरपालिका

जसपा नेपालको बैठक आज पनि जारी रहने

Mayorsap

सोम, माघ २१, २०८१ | ०८:४९ बजे

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ। शनिबारदेखी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठक सोमवार पनि जारी रहने भएको हो । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे  छलफल भइरहेको छ । साथै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को वृहत् समीक्षासमेत भइरहेको छ ।

 

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो।

 

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ—आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेका छन् । मधेशकेन्द्रित दलहरु संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सोबारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology