मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

कृषि अनुदान

भजनी नगरपालिका

सिदिङ्वा गाउँपालिका

सडक

कोहलपुर नगरपालिका

भन्सार छलेर ल्याइएको ५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

Mayorsap

मंगल, माघ २२, २०८१ | २०:२० बजे

पर्सा । जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका  रु ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ । आज जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो ।  

 

प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए । “आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ”, उनले भने ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology