मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदन

औद्योगिक ग्राम

घोराही उपमहानगरपालिका

स्वास्थ्यकर्मी

घोडाघोडी नगरपालिकाले नियुक्त गरेका २७ जना प्रधानाध्यापकको नियुक्ति उच्च अदालतले गर्‍यो बदर

Mayorsap

मंगल, माघ २२, २०८१ | २२:१८ बजे

कैलाली । उच्च अदालत दिपायलले कैलालीको घोडाघोडी नगरपालिकाले २७ जना प्रधानाध्यापकको नियुक्ति कानून विपरीत गरेको भन्दै बदर गरेको छ । आज उच्च अदालत दिपायलका मुख्य न्यायाधीश सान्तीसिंह थापा र न्यायाधीश आश्विन कुमार राईको इजलासले प्रअ नियुक्ति प्रक्रिया बदर गरेको हो । 

शिक्षा नियमावली २०५९ को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, घोडाघोडी नगरपालिकाले उक्त नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको थियो ।

घोडाघोडी नगरपालिकाको शिक्षा नियमावली २०८० (संशोधन सहित) को अनुसूची १५ मा उल्लेखित मापदण्डका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको जनाएको थियो । नगरपालिकाले जुन ऐन आफैले तयार गरेर प्रधानाध्यापक नियुक्त गरेको थियो । , उक्त ऐन संघीय कानुनसँग बाझिएको थियो ।

नगरपालिकाले संघीय कानुन विपरीत प्रअ नियुक्त गरेको भन्दै उच्च अदालत दिपायलमा भदौ १४ गते पहलमानसिंह मेमोरियल आम्बासाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विपिन प्रसाद आचार्य उपाध्यायले रिट दर्ता गरेका थिए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology