पाथीभरामा केबलकार निर्माण तत्काललाई रोकिने, यस्तो छ ६ बुँदे सहमति
Mayorsap
बुध, माघ २३, २०८१ | ०७:१२ बजे

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्णण गर्न नहुने भन्दै जारी आन्दोलनरत पक्ष र सरकारबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन् ।
सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र आन्दोलनका क्रममा घाइते भएकाको सरकारले उपचार गर्नेलगायत बुँदा छन् । स्टेसनका सन्दर्भमा भने आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।
यसैगरी, गत १२ माघको घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।
