नेतृत्वविरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै घोराही–८ का वडाध्यक्ष एमालेबाट निष्कासित
वडाअध्यक्षबाट बर्खास्त गर्ने तयारी
Mayorsap
बुध, माघ २३, २०८१ | १८:३२ बजे

दाङ । नेकपा एमालेले फेसबुकमा नेतृत्वविरुद्ध जथाभावी लेखेको आरोपमा घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ । आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको हो ।
फेसबुकमा एमाले र नेतृत्वविरुद्ध जथाभावी लेख्दै आएको आरोप शाहमाथि छ । अब उनलाई वडाअध्यक्षबाट बर्खास्तका लागि पनि प्रक्रिया अघि बढाइने एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।