मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

ललितपुर महानगरपालिका

सम्पादकीय

‘घर घरमा डाक्टर’

‘छोरी सम्मान कार्यक्रम’

बालविवाह

आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार तयार

Mayorsap

बिही, माघ २४, २०८१ | ०६:२६ बजे

काठमाडौँ । आवासीय चिकित्सकहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्न सरकार तयार देखिएको छ । बुधवार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो ।


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सकहरूका माग सम्बोधन गर्ने बताएका हुन् । सरकारी मेडिकल अधिकृत सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको हो ।


प्रधानमन्त्री ओलीले यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरेपछि लिखित सम्झौता गर्ने बताएका थिए ।


बैठकमा प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, आवासीय चिकित्सकका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले मागका विषयमा आफू जानकार रहेको बताउँदै सम्बोधनका लागि आयोगसँग छलफल गरेपछि अघि बढ्ने बताएका हुन् ।


स्वास्थ्य मन्त्री पौडेल र शिक्षामन्त्री भट्टराईले संयुक्त रूपमा निर्णय गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए । त्यसको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका हुन् । माघ १६ गतेदेखि चिकित्सकहरू आन्दोलन गर्दै आएका छन् ।


वार्ता सकारात्मक भए पनि लिखित सम्झौता नभएसम्म पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम यथावत् रहने स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले जानकारी दिए । माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको तर, लिखित सम्झौता नहुँदासम्म आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने संयोजक घिमिरेले बताए ।


आवासीय चिकित्सकहरूले यतिबेला इमरजेन्सी बाहेकका अन्य सेवा बन्द गरेर आन्दोलन गर्दै आएका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology