मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

बेनी–जोमसोम सडक

नवजात शिशु

जलजला गाउँपालिका

ढकारी गाउँपालिका

फिदिम नगरपालिका

आफ्नो सम्बोधनमा ओली उपस्थित नभएको भन्दै प्रचण्डले पोखे आक्रोस

Mayorsap

बिही, माघ २४, २०८१ | १४:५४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसद्‌मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोप्रति आक्रोस पोखेका छन्


प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्नका लागि झण्डै एक साताअघि नै संसद् सचिवालयमा नाम टिपाएका थिए ।


‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ । मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ,’ प्रचण्डले भने, ‘सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ । तर, अहिलेसम्म आउनुभएको छैन ।’


प्रचण्डले सम्बोधन गर्दागर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठककक्षमा पुगेका छन् ।


उनले देउवालाई ढिलै भएपनि बैठकमा पुगेकोमा धन्यवाद व्यक्त गरे ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology