चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो, जवाफी बहस हुने
Mayorsap
बिही, माघ २४, २०८१ | १५:३२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।
थुनछेक बहस सकिएसँगै अब जवाफी बहस हुनेछ । त्यसपछि यस मुद्दामा आदेश जारी हुनेछ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाबाट शम्भु कुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले बहस गरेका थिए ।
जाहेरवालाहरुको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठीसहित राजकुमार श्रेष्ठ र अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका हुन् ।
प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले बहस गरे ।