मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

राजीनामा

विनयी त्रिवेणी गाउँपालिका

मनहरी गाउँपालिका

भजनी नगरपालिका

सेवाग्राही सुविधा

मनाइयो १२३ औँ बालकृष्ण सम जन्मजयन्ती

Mayorsap

बिही, माघ २४, २०८१ | १६:४८ बजे

काठमाडौँ । नाट्यसम्राट बालकृष्ण समको १२३ औँ जन्मजयन्ती मनाएको छ । नेपाल शिक्षा परिषद् काठमाडौँ र काठमाडौँ महानगरपालिका–१ ले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएको हो ।   
     
 यसक्रममा कमलपोखरी परिसरमा रहेको समको मूर्तिमा साहित्यकार, साहित्य अनुरागी तथा विद्यार्थीले माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गरे ।      
 

साहित्यकार पिताम्बर दाहालले समलाई कोहीसँग पनि तुलना गर्न नसकिने बताए । उनले भने,“नेपालीभाषी उहाँप्रति सधैँ आभारी हुनुपर्छ । उहाँको कृति स्पष्ट बुझिने, शब्दरूपी गहना, माधुर्य भरिएको हुन्छ । शब्द छानेर राख्न सक्ने सामथ्र्य, गाम्र्भीयता, मधुरता, स्पष्टता सम र बिपीमा मात्र पाइन्छ । उहाँ जस्ता विभूतिबारे सबै जानकार हुनुपर्छ ।”          
 

कवि प्रह्लाद पोखरेलले समको सम्झना र सम्मानमा शिक्षा परिषद्ले लामो समयदेखि जन्मजयन्ती मनाउँदै आएको बताए । उनले पूर्वीय र पाश्चात्य दर्शनका विद्वान, बहुआयामिक व्यक्तित्व समको सम्मानमा हरेक वर्ष कार्यक्रम गर्दै आइएको जानकारी दिए ।          
 

सोही अवसरमा नाट्यसम्राट सम केन्द्रित कविता प्रतियोगिता आयोजना गरिएको थियो । यसमा आर्या अवस्थी प्रथम, निमा लामा द्वितीय, अजर रेग्मी तृतीय र सन्तोषकुमार मण्डलले सान्त्वना पुरस्कार प्राप्त गरे ।    
 

बालकृष्ण समलाई नेपाली साहित्य जगतका शेक्सपियर मान्ने गरिएको छ । उनको जन्म विसं १९५९ माघ २४ गते भएको थियो । उनका ‘मुकुन्द–इन्दिरा’, ‘प्रेमपिण्ड’,‘मुटुको व्यथा’ आदि चर्चित कृति मानिन्छन् ।     

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology