मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

तिलागुफा नगरपालिका

छेडागाड नगरपालिका

मालिका गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

पोखरा महानगरपालिका

बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा

Mayorsap

बिही, माघ २४, २०८१ | २१:५० बजे

धरान । युकेएफसी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी फुटबल क्लब २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

धरान रङ्गशालामा आज भएको खेलको २८ औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले गिदोन नहाको पासमा गोल गरेका थिए । त्यस्तै खेलको ४५औँ मिनेटमा र ७६औँ मिनेटमा एनआरटीका शिशिर लेखीको पासमा प्रदीप बुढाथोकीले गोल गरे । युकेएफसीका लागि हेमराज भुजेलले खेलको ३१औँ मिनेटमा सान्त्वना गोल गरे ।

 

आजको खेलको ‘म्यान अफ दी म्याच’ एनआरटी फुटबल क्लबका शिशिर लेखी घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । अब शनिबार उपाधिका लागि एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले रु एक लाख, सर्वाधिक गोलकर्ताले रु ३५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने छन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology