मेयरसाप

भरतपुर महानगरपालिका

अर्थ

राजनीतिक दल

प्रविधि

शिक्षा

हेटौंडा उपमहानगरपालिका

पातारासी गाउँपालिका

बारेकोट गाउँपालिका

गोदावरी नगरपालिका

जलजला गाउँपालिका

महाशिवरात्री

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग

Mayorsap

बिही, माघ २४, २०८१ | १६:२५ बजे

जेरुसेलम । इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी) लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिएका छन् । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

 

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्,“मानव अधिकार परिषदमा इजरायल विरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।”

 

सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ । “सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ ।”  इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषद्मा भाग लिने छैन।” 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology