मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

सत्यवती गाउँपालिका

ललितपुर नगरपालिका

स्वास्थ्यकर्मी

इटहरी उपमहानगरपालिका

नरहरिनाथ गाउँपालिका

ठमेलमा प्रहरीमाथि आक्रमण घटना : दुई जना पक्राउ, अखिल नेता तथा अस्कलको पूर्वस्ववियु सभापति फरार

Mayorsap

आइत, माघ २७, २०८१ | १८:५० बजे

काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष हुन् ।

 

उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।

 

आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

 

कुटपिटका मुख्य योजनाकार अनेरास्ववियुकै नेता कमल जोशी रहेको प्रहरीको भनाइ छ । जोशीसहित ६/७ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो ।

 

जोशी अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा अस्कलको पूर्वस्ववियु सभापति समेत हुन् । जोशी भने अहिलेसम्म फरार छन् ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology