मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

धुर्कोट गाउँपालिका

मङ्गलसेन नगरपालिका

पुरातात्विक संरचना

केराबारी गाउँपालिका

कर

एक घण्टा बित्दा पनि सुरू भएन प्रतिनिधिसभाको बैठक

Mayorsap

मंगल, माघ २९, २०८१ | १५:४७ बजे

काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन ।

 

आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

 

सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिएका थिए । विपक्षी दलहरूले त्यसमा चित्त नबुझेको भन्दै सांसद खतिवडाका अभिव्यक्ति संसद्को रेकर्डबाट मेट्न माग गरेका थिए । त्यसपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुखले अध्ययन गरेर आवश्यक निर्णय लिन सचिवालयलाई आदेश दिएकी थिइन् ।


त्यसपछि सभाको नेतृत्व गर्न सभामुख देवराज घिमिरे आएका थिए । उनी आउँदा पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरिरहेका थिए । सभामुख घिमिरेले पनि अध्ययन गरेर आवश्यक निर्णय लन आदेश दिइसकेकाले बसेर बैठक सञ्चालनमा सघाउन आग्रह गरे । तर, सांसदहरू बसेनन् ।


त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका थिए । तर, एक घण्टा बित्दा पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology