Ad Image

पहिलो पटक पुटिनसँग टेलिफोन वार्तापछि के भने ट्रम्पले ?

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739411301.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।  राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन वार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस–युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्।

 

बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो वार्ता भएको ट्रम्पले जानकारी दिएका हुन् । उनका अनुसार जारी युक्रेनसँग युद्धको बारेमा कुरा गर्दै पुटिन तुरुन्तै वार्ता सुरु गर्न सहमतसमेत भएका छन्।

 

हामी सँगै काम गर्न सहमत भयौं, एक अर्काको राष्ट्रहरूको भ्रमण गर्नेछौँ, ट्रम्पले बुधवार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै भनेका छन्, हामीले हाम्रा सम्बन्धित टोलीहरूलाई तुरुन्तै वार्ताको पहल र वतावरण  बनाउनका लागि प्रकिया सुरु गर्न निर्देशन दिन पनि सहमति जनाएका छौं र हामी युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेर उनलाई यो वार्तालापको बारेमा जानकारी गराउने छौं, जुन मैले अहिले गरिरहेको छु।

 

उनले अगाडि भनेका छन– मैले विदेश सचिव मार्को रुबियो, सीआईएका निर्देशक जोन रेटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज, र राजदूत, विशेष दूत, विशेष प्रतिनिधिलाई सोधेको छु र यो प्रयास दृढतापूर्वक सफल हुनेछ। रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ ।