मेयरसाप

मुसीकोट नगरपालिका

वडा अध्यक्ष

पर्यटक शुल्क

सीप

‘मेयरसँग युवा’

घुम्ती शिविरबाट मटिहानी नगर कार्यपालिकाका सात हजार बढी लाभान्वित

Mayorsap

शुक्र, फागुन २, २०८१ | ११:४८ बजे

महोत्तरी । मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म  मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट सात हजार छ सय ९६ जनाले सेवा लिएका छन् ।


शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा प्रवाह गरिएको थियो । शिविरमा सबैभन्दा बढी दुई हजार पाँच सय ८७ जनाले सेवा लिएका थिए भने दुई हजार पाँच सय ३० जनाले कृषि सेवा लिएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताए ।


तीन वर्षयता नगर कार्यपालिकाको कार्यालयले बर्सेनि घुम्ती सेवा सञ्चालन गर्दै आएको छ । शिविरमा प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी , प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अनुगमन गरेका थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology