मेयरसाप

सामुदायिक विद्यालय

कावासोती नगरपालिका

ठाँटीकाँध गाउँपालिका

गोपाल हमाल

खजुरा गाउँपालिका

कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

Mayorsap

शुक्र, फागुन २, २०८१ | १२:३६ बजे

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।


सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताए। यसबाट सेवा चुस्त र खानेपानीे व्यवस्थापनसहित नियमन गर्न सहज हुनुका साथै पानीको स्रोतमाथिको अधिकार र मुहान सुरक्षित हुने जानकारी गराए ।


यसैगरी, ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्तिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री र मन्त्रालयको दृष्टिले मात्र ऐन समृद्ध नहुने भएकाले सदनमा छलफल गरिएको बताए ।


मापदण्ड विपरीत बनेका भवनलाई सबलीकरण गरी मापदण्डभित्र पार्न ऐनमा व्यवस्था भएको बताउँदै उनले सार्वजनिक भवन महिला, बालबालिका, आपङ्गता र ज्येष्ठ नागरिकमैत्री हुने धारणा राखे ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology