मेयरसाप

कृषि अनुदान

चुमनुब्री गाउँपालिका

स्थानीय तह

हर्क साम्पाङ

पर्यटक शुल्क

अपडेटः दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

Mayorsap

शुक्र, फागुन २, २०८१ | १३:४८ बजे

सियोल । दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक आरामदायी होटलमा शुक्रबार भएको आगलागीमा परी छ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।


स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।


ुनेशनल फायर एजेन्सीुका एक अधिकारीले एएफपीलाई बताएअनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटेलमा रहेका थिए ।


कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी सुरु भएको हुन सक्ने अग्नि नियन्त्रण विभागका एक अधिकारीले पत्रकारलाई बताए।


दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले अधिकारीहरूलाई ‘आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको अर्थ मन्त्रालयले जनाएको छ।


चोइले भन्नुभयो, “खोजी र उद्धार कार्यका क्रममा हताहत हुनबाट जोगाउन हरसम्भव प्रयास गरिनुपर्दछ र अग्निनियन्त्रकहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ।”


दिउँसो १ः३० बजेतिर आगो नियन्त्रणमा आएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology