आज हमासले ३ जना इजरायली बन्दीलाई रिहा गर्दै
Mayorsap
शनि, फागुन ३, २०८१ | १०:०१ बजे

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समुह हमासले आज ३ जना इजरायली बन्धक रिहा गर्दैछन् । इजरायलले गत महिना लागू भएको युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको छैटौँ आदानप्रदानमा शनिबार रिहा हुने तीन बन्धकहरूको नाम घोषणा गरेको हो।
इजरायलले शुक्रबार प्यालेस्टाइनी लडाकूहरूले अमेरिकी–इजरायली सागुई डेकेल चेन, रुसी–इजरायली अलेक्जान्डर ट्रोफानोभ र अर्जेन्टिनी–इजरायली इयर हर्नलाई रिहा गर्ने जानकारी दिएको हो । साथै, इजरायलले ३६९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको हमासको मिडिया कार्यालयले जनाएको छ।
ट्रोफानोभ ७ अक्टोबर २०२३ मा किबुट्ज नीर ओजबाट २७ वर्षको उमेरमा उनकी हजुरआमा, इरेना टाटी, उनकी आमा लेना ट्रोफानोभ र प्रेमिका सपिर कोहेनसँग अपहरणमा परेका थिए, जो सबै अघिल्लो सम्झौतामा रिहा भइसकेका छन । तर, हमासको सो आक्रमणको क्रममा उनका बुबा भिटाली भने मारिएका थिए।
गाजा युद्धविरामलाई लिएर हमास र इजरायलबीच यस हप्ताको विवाद पछि यो घोषणा आएको हो, हमासले इजरायली बन्धकहरूलाई कथित इजरायली उल्लङ्घनको कारण योजना अनुसार शनिबार रिहा नगर्ने बताएका थिए । तर, बिहीबार हमासले योजनाअनुसार बन्धकहरूलाई रिहा गर्ने बताए पछि इजरायलसँगको मतभेद समाधान भएको देखिन्छ।