मेयरसाप

अर्थ

लमही नगरपालिका

केपी ओली

भानु नगरपालिका

गृहमन्त्री

दुई करोडको लागतमा छात्रावास भवन निर्माण हुँदै

Mayorsap

शनि, फागुन ३, २०८१ | १३:३३ बजे

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माणको अगाडि बढाइएको छ ।


राष्ट्रिय योजना आयोगको रु तीन करोड ३५ लाखमध्ये रु. दुई करोड २० लाखको लागतमा घटाघटीमा छात्रावास निर्माण अघि  बढाइएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहका अनुसार निर्माण भैरहेको दुई तले छात्रावासमा १२ कोठा, छ वटा शौचालय र स्नान कक्ष निर्माण हुनेछन् । भवन निर्माण चालु आर्थिक वर्षको असार मसान्तभित्रै पूरा हुने सम्झौता छ ।


“भवनको फाउन्डेसन निर्माण पूरा हुन लागेको छ”, उहाँले भन्नुभयो, “फाउन्डेसनको कार्य पश्चात टाइविमको काम सुरु हुन्छ ।”


विसं २०२२ मा स्थापना भएको विद्यालयमा हाल चार सय २५ विद्यार्थी अध्ययनरत छन ।

 

“विद्यालयमा छात्रावास नहुदा आइएससी एजी पढने विद्यार्थीलाई गाह्रो भएको थियो”, विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले भन्नुभयो, “छात्रावास निर्माणले विद्यार्थीलाई डेरा खोजेर बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।”

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology