पोखरामा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री बर्न अस्पतालमा भर्ना
Mayorsap
शनि, फागुन ३, २०८१ | १६:१६ बजे
काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो । भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । उनलाई पनि काठमाडौँ ल्याइएको छ ।