Ad Image

२७ सय नजिक पुग्यो सेयर बजार, साढे ९ अर्बको कारोबार

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739699936.jpeg

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९‍‍.५६ अंक बढेको छ ।


सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो ।


१७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स सेक्टरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ ।


बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०।२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२ प्रतिशत बढे । निर्जीवन बीमा १ृ.२८ प्रतिशत घट्यो ।

 

६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

 

त्यस्तै न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत घट्यो ।

 

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।