ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने 'स्पा' सञ्चालिका रमिला गौतम पक्राउ
Mayorsap
आइत, फागुन ४, २०८१ | २०:१४ बजे

काठमाडौं । स्पाका नाममा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्पाका नाममा स्पा सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने स्पा सञ्चाचलक महिलालाई मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो । व्यूरोको टोलीले काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ५ स्थायी घर भएका ४१ वर्षका स्मृति भन्ने रमिला गौतमलाई पक्राउ गरिएको व्यूरोका सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकी महिलाले ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पामा ति बालिकालाई आर्थिक प्रलोभनमा पारी पार्लरको काम गराउने भन्दै काममा राखेकी थिइन् । ती नाबालिकालाई स्पामा मसाज गर्नका लागि आउने ग्राहकसँग जबरजस्ती बेश्याबृत्तिको काममा लगाएकी थिइन् । प्रहरी टोलीले बालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने गौतमलाई ठमेलबाटै पक्राउ गरेको हो ।
पक्राउ परेकी महिला विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य जारी रहेको व्यूरोले जनाएको छ ।