मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

नरैनापुर गाउँपालिका

बैजनाथ गाउँपालिका

प्रविधि

विपन्न किसान

ठाँटीकाँध गाउँपालिका

अध्यादेशको विकल्पमा कानुन निर्माणलाई तीव्रता दिनुपर्छ: कांग्रेस प्रमुख सचेतक घिमिरे

Mayorsap

सोम, फागुन ५, २०८१ | १६:३६ बजे

काठमाडाैँ । मुलुकमा पछिल्लो समय पत्रकारबाट सवैभन्दा बढी प्रश्न सोधिने र चर्चामा रहेको विषय अध्यादेश हो । त्यसभित्र पनि भूमिसम्बन्धी बढी प्रश्न र चासो हुने गरेको छ । अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन । अध्यादेश यसअघि पनि आएकै हुन् । अघिल्लो सरकारका पालामा पनि लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी भएकै हुन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले त्यसलाई सहजतापूर्वक ग्रहण गरी सहयोग गरेकै हो । सत्तापक्ष र प्रतिपक्षको कानुन बनाउनेतर्फ जोडबल हुनुपर्छ ।


सरकारले ल्याएका अध्यादेश कानुन निर्माण, लगानी प्रोत्साहन र सुशासनसँग जोडिएका छन् । भूमिसम्बन्धी अध्यादेश भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीसँग जोडेर आएको छ । सरकारसँग जग्गा छैन, तर पनि भूमि आयोग सधैँ बनाइराख्ने अभ्यासले निरन्तता पाउँदै आएको छ ।


वन, बुटियान, हाटबजार, बगर भनिएका जग्गा सरकारका नाममा छैन । त्यो जग्गा आयोगले बाँड्छ कसरी भन्ने ठूलो प्रश्न छ । नेपालमा जति पनि नम्बरी जमिन छ, त्यसको २५ प्रतिशत अव्यस्थित बसोबास छ । त्यसलाई कानुनी प्रक्रिया अपनाएर सरकारी नाममा दर्ता नगरिए आयोगले जग्गा वितरण गर्न सक्दैन । त्यो समस्या सुल्झाउन अध्यादेश ल्याइएको हो । सबै निर्वाचन क्षेत्रमा अव्यस्थित बसोबाससम्बन्धी समस्या छ ।


त्यसलाई सम्बोधन गर्नुपर्ने सबै राजनीतिक दललाई आवश्यकता र चुनौती छ । विरोधका लागि विरोध गर्ने ढङ्गबाट मात्र अध्यादेशमाथि टिप्पणी भएको छ । अन्यथा अध्यादेशमा विरोध गर्नुपर्ने कारण देख्दिन । हाम्रो कानुन बनाउने प्रक्रिया अत्यन्त सुस्त भएकाले अध्यादेश ल्याउन परेको हो ।


विगत २ वर्षमा जम्माजम्मी ११ वटा कानुन ऐन बनाउन सफल भइयो । त्यो पनि राष्ट्रिय महत्वका बनाइएको छैन । कानुन बनाउने गति हाम्रो धिमा छ । सरकार गठन भएको यति समय भयो उपलब्धि खोइ भनेर प्रतिपक्ष र जनताबाट पनि बारम्बार प्रश्न आइरहेकै छ । कानुनी राज्य र लोकतन्त्रमा कानुन संशोधन नगरी बस्न सकिन्छ ।


संसदीय प्रजातन्त्रमा कार्यकारीको आदेशले मुलुक चल्दैन । नेपाल संसदीय प्रजातन्त्र भएको देश हो । संसदीय लोकतन्त्रमा कानुन निर्माण संसद्बाट गरिनुपर्छ, कार्यकारीको आदेश चल्दैन । संसद्बाट कानुन निर्माण गरेर जाँदा अलि समय लाग्ने भएपछि सरकारले अध्यादेश ल्याउन परेको हो । त्यसको विकल्प भनेको कानुन निर्माणको गतिलाई तीव्र बनाउनुपर्छ । एकातिर कानुन निर्माणको गतिलाई सुस्त तुल्याउने अर्कातर्फ अध्यादेश किन भन्ने प्रश्नले देश अघि बढन सक्दैन । मुलुकको समृद्धिका लागि कानुन संशोधनको विकल्पका रूपमा अध्यादेश ल्याउन परेको हो ।

 

त्यस्तै एमाले र कांग्रेस पार्टीले सुटुक्क कोठाभित्र बसेर संविधान संशोधन गर्दैनन् । संशोधनका बेला सबैसँग सल्लाह हुनेछ । ढुक्क हुनुस्, सबै संसद्वादी राजनीतिक दलसँग खुला छलफलका साथ आमजनताको सहभागितामा राष्ट्रिय सहमति जुटाएरै  संविधान संशोधन हुन्छ ।


(राससको ६४औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित अन्तर–संवादमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा व्यक्त विचार)

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology