मेयरसाप

खेलकुद मेला

बटेश्वर गाउँपालिका

सामुदायिक विद्यालय

केपी ओली

धरान उपमहानगरपालिका

शिक्षकको लापर्बाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर

मुकेश कुमार यादब

सोम, फागुन ५, २०८१ | १७:०४ बजे

सिराहा । सिरहाको नरहामा शिक्षकहरुको लापर्वाबाहीले विद्यालयको गेट ढल्दा दुई जना बालक घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ।

 

नरहा गाउँपालिका–१ गौरहा स्थित श्री आधारभूत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन्।
 

घाइते मध्ये राजेशको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए । उनले भने, ‘प्रिन्सको पिठ्युँमा घाउलागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजार स्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।’ 
 

फलामे ढोकाले लागेर राजेशको टाउकोमा भने गम्भीर चोट लागेको शिक्षक यादवले जनाए। यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानीयहरुको आरोप छ । ढोका खोल्दा ढोकाबाट आवाज आयो र एकैपल्ट ढोका झर्दा विद्यार्थीहरुको भागाभाग भएको र सो क्रममा दुई विद्यार्थी घाइते भएको स्थानीयहरुले बताएका  छन् ।


विद्यालयका कार्यालय सहयोगीले मुख्य स्लाईड गेट आधीमात्र खोेलेर कक्षा कोठा र कार्यालय खोल्न गएपछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरुको भनाई रहेको छ।

 

विद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउने हुनाले पनि यस घटना हुन पुगेको अभिभावकहरुको गुनासो रहेको छ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology