मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शुक्लाफाँटा नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका

सिमलताल दुर्घटना

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

राप्तीसोनारी गाउँपालिका

महोत्तरीमा रुख कटान गरेको आरोपमा दुई जना पक्राउ

Mayorsap

सोम, फागुन ५, २०८१ | १८:३४ बजे

महोत्तरी । जिल्लाको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा प्राधिकरणको ढल्केवर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिलाबिहारी नगरपालिका–८ बस्ने कुलदीप यादव र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका–९ बस्ने चन्देश्वर यादव रहेको टुटेश्वर सवडिभिजन वन कार्यालयले जनाएको छ ।


हेटाँैडा–ढल्केवर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृतिबिना नै रुख कटान गरिरहेको अवस्थामा उनीहरूलाई आइतबार कार्यालयका अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिगएको टोलीले नियन्त्रणमा लिएको हो ।

    
प्राधिकरणका कर्मचारी यादवलाई वन अधिकृतसहितको टोलीले ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षित रुख कटान गरेको अवस्थामा वन क्षेत्रबाट नियन्त्रणमा लिइएको अधिकृत विश्वकर्माले बताए । दुवै जनालाई टुटेश्वर सवडिभिजन वन कार्यालयले वन मुद्दाअन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको उनले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology