अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
Mayorsap
सोम, फागुन ५, २०८१ | २०:२५ बजे

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
नेपालकी बिमला चौधरीले खेलको १० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अब नेपालले दोस्रो खेल फागुन ८ गते लेबलानसँग खेल्नेछ । तेस्रो खेल फागुन ११ गते म्यानमारसँग खेल्नेछ । ४ देश सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।