मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

आठबिसकोट नगरपालिका

जलजला गाउँपालिका

सत्यवती गाउँपालिका

त्रिशूली

मालिकार्जुन गाउँपालिका

सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो

Mayorsap

मंगल, फागुन ६, २०८१ | १०:१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतम र सुमना श्रेष्ठले संसदमा बोल्न दिएकोबारे सभामुख देवराज घिमिरेले प्रष्टीकरण दिएका छन् । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सांसद गौतमले माघ २७ गते पारित भइसकेको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन । तर, सभामुखले विधेयक पारित भइसकेका अवस्थामा सोही विषय आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।

 

सो विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सकिने सभामुख घिमिरेले जानकारी दिएका थिए । 

 

तर, फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सांसद श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आएकी थिइन तर सभामुख घिमिरे आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेपछि उनी आएको दावी सभामुखको सचिवालयको छ ।
 
‘जनाउ घण्टी सुरु भइसकेकाले त्यस विषयमा मैले बुझ्न पाइँन । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने उहाँ (सांसद अशोक चौधरीतर्फ देखाउँदै) लाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो,’ सभामुख घिमिरेको प्रेस संयोजकले भने । 

 

सभामुखले सो जानकारी दिँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए र दलीय अनुरोध पनि आएको अवस्था थिएन । ‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो, त्यो पनि अभ्यास छ तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो’ सभामुखको सचिवालयले भनेको छ ।

 

खासमा सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि औसत २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा रहेका हुन्छन्, तीमध्ये सबैले समय पाउँदैनन् । ‘समय पाउने ८ देखि १० जनाले हो, आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ,’ सभामुखको सचिवालयले स्पष्टीकरण दिँदै भनेको छ । हिजोको संसदमा सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकस्थल छाडेर हिडेको र बाहिर मिडियामा टिप्पणी गरेपछि सभामुखको सचिवालयले यो स्पष्टीकरण दिएको हो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology