मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

केपी ओली

मनहरी गाउँपालिका

राप्ती गाउँपालिका

कावासोती नगरपालिका

सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैनः नेता डा. कोइराला

Mayorsap

मंगल, फागुन ६, २०८१ | १५:३८ बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन्।


नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता डा. कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुने बताए । “सरकारले यो कुरालाई गम्भिरतापूवर्क लिनुपर्दछ”, उनले भने ।


संसद् सुरु हुनु केही दिनअघि मात्र सरकारले अध्यादेश ल्याएमा नेता डा. कोइरालाले आपत्ती व्यक्त गरे । चित्त नबुझेका काममा सरकारलाई खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।  


कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउदले जनताका मुद्दालाई केन्द्रीयस्तरको बहसमा ल्याउन प्रेसजगत्ले काम गरिरहेको बताए । पत्रकार र राजनीतिक दलका कार्यकर्तामा विवेक र संयमता हुन आवश्यक रहेको उल्लेख गर्दै उनले समाजिक सञ्जाललाई नियमन गरिनुपर्ने बताए।


“सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध र बन्देज गरिनुहुन्न,” नेता साउदले भने ।


सांसद राजेन्द्र बजगाईंले प्रेसजगत्लाई अङ्कुश लगाउने गरी आउने कुनै पनि कानुनलाई पारित गर्न नहुने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारले प्रेस स्वतन्त्रताका साथै नागरिक अधिकार सुरक्षित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।


महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकार सत्ताको अभिन्न अङ्ग बनेर विचलित हुन नहुने बताए । भुइँ मान्छेको दृष्टिबाट संविधान संशोधनका मुद्दा नउठेकाले यस्ता मुद्दा ल्याउन प्रेसजगत्ले भूमिका खेल्नुपर्ने उनले बताए ।

 

महासङ्घकी अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन बनाउन नहुनेमा जोड दिइन् । लोकतन्त्रलाई बलियो बनाउन प्रेसजगतलाइ सबल बनाइनुपर्ने उनले बताइन्। पत्रकारलाई न्यूनतम पारिश्रमिक दिलाउन महासङ्घले पहल गरिरहेको अध्यक्ष शर्माको भनाइ थियो ।

 

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले नागरिक स्वतन्त्रताका लागि पत्रकारले खबरदारी गर्नुपर्ने बर्ताइन् । सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष अर्जुन गिरीले लोकतन्त्रको सुदृढीकरणका लागि मिडियालाई सबल बनाउनुपर्नेमा जोड दिए । महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयक सरकारले फिर्ता लिनुपर्ने बताए ।

 

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र उपाध्यक्ष नकुल अर्यालले सम्मेलनका प्रस्तावहरुका बारेमा जानकारी दिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology